मकवानपुर चलचित्र पत्रकार संघमा निर्विरोध कार्यसमिति



हेटौंडा । चलचित्र पत्रकार संघ मकवानपुर शाखाको अध्यक्षमा कपिल खड्का निर्वाचित भएका छन् ।

हालै हेटौंडामा सम्पन्न १३ औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनबाट खड्काको नेतृत्वमा सर्वसम्मत् नयाँ कार्यसमिति चयन भएको हो । खड्का यसअघि कार्यवाहक अध्यक्ष थिए ।

संघको उपाध्यक्षमा श्रीराम अर्जुन, सचिवमा रवीन्द्र गौतम, कोषाध्यक्षमा मनोज देवकोटा, सहसचिवमा दीपेश दाहाल तथा सदस्यमा दर्शन क्षेत्री, मञ्जु मैनाली, सन्नु रिजाल, प्रवेश धिताल चयन भएका छन् ।

अधिवेशन वागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाको प्रमुख आतिथ्यता तथा संघको केन्द्रीय समितिका संगठन उपाध्यक्ष कुवेर डंगोलको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्