भष्मे डनमा विपिनका साथ स्वस्तिमा



र्देशक दीपेन्द्र के खनालको निर्देशनमा बनेको सुपरहिट सामाजिक फिल्म पशुपतिप्रसादको भष्मे डन नामक पात्रलाई लिएर भष्मे डनका नाममा फिल्म निर्माण हुने भएको छ ।

निर्देशक खनाल र खगेन्द्र लामिछानेको निर्माणमा बन्ने फिल्ममा पशुपतिप्रसादका भन विपिन कार्की प्रमुख भूमिकामा हुनेछन् । फिल्मको मुख्य अभिनेत्रीका रूपमा स्वस्तिमा खड्का अनुबन्धित भएकी छन् । निर्माण टिम र अभिनेत्री खड्काबीच हालै सो फिल्ममा काम गर्नेगरी लिखित सम्झौता भएको हो । फिल्ममा स्वस्तिमा विपिन कार्कीको जोडीका रूपमा प्रस्तुत हुनेछिन् ।

विपिन र स्वस्तिमाका शसाथमा फिल्ममा सौगात मल्ल, रवीन्द्रसिंह बानियाँ, प्रकाश घिमिरेलगायतले अभिनय गर्नेछन् ।

फिल्मका लागि कथा खगेन्द्र लामिछानेले लेखेका छन् । यसअघि, पशुपतिप्रसादमा पशुपतिप्रसादकै रूपमा देखिएका उनी भष्मे डनमा भने कलाकारका रूपमा देखिने छैनन् ।

फिल्मको सुटिङ आगामी फागुन १२ गतेदेखि पशुपतिनाथ मन्दिर वरपर हुनेछ । फिल्म आगामी दशैंमा रिलिज गरिने योजना रहेको निर्माता निर्देशक दीपेन्द्र के खनालले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्