प्रधानमन्त्री समक्ष अनेरास्ववियूको माग : स्ववियु निर्वाचन पूर्ण समानुपातिक हुनुपर्ने



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष स्ववियु निर्वाचन पूर्ण समानुपातिक हुनुपर्ने माग गरेको छ । आज (शुक्रबार) बिहान प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालय (त्रिवि) कुलपति समक्ष अनेरास्ववियूले ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको हो ।

अनेरास्ववियूले प्रधानमन्त्री प्रचण्ड समक्ष स्ववियु निर्वाचन पूर्ण समानुपातिक प्रणालीको हुनुपर्ने माग गरेको छ । अध्यक्ष सुदेश पराजुलीको नेतृत्वको टोलीले प्रधानमन्त्रीसँगको भेटमा उक्त माग गर्दै ज्ञापन पत्र पेस गरेको हो ।

निर्वाचन प्रणाली खर्चिलो भएकोले सबै विद्यार्थीको प्रतिनिधित्व गर्न नसक्ने तर्क राख्दै स्ववियु निर्वाचन पूर्ण समानुपातिक हुनुपर्ने माग राखेको छ ।

ज्ञापन पत्रमा भनिएको छ, ‘स्ववियु नहुदा विश्वबिधालयमा आवधिक निर्वाचन नहुँदा प्रशासनको मनोमानी व्याप्त रहेको, विश्वबिधालयमा विसंगति, भ्रष्टाचार र अनियमितता बढेको, गुणस्तरीय पढाइ नभएको, शैक्षिक क्यालेन्डर, पाठ्यक्रम र परीक्षा प्रणाली अव्यवस्थित भएको, श्रमजीवी, मजदुर, किसानका छोराछोरी प्रत्यक्ष मारमा परेको छन् ।’

ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले समानुपातिक स्ववियु निर्वाचनको सन्दर्भमा सरोकारवाला निकायसँग छलफल गरी आवश्यक निर्णय गर्ने बताएको अनेरास्ववियूका प्रवक्ता मिलन राईले जानकारी दिए ।

हेर्नुहोस् ज्ञापन पत्र :

प्रतिक्रिया दिनुहोस्