सासूको हत्या गरेको अभियोगमा बुहारी पक्राउ



सिरहा । सिरहामा आफ्नै सासूको हत्या गरेको अभियोगमा बुहारीलाई प्रहरीले पक्राउ गरेको छ । आज (बुधबार) बिहान उनलाई प्रहरीले पक्राउ गरेको हो ।

७२ वर्षीया दरपी कोईरीको हत्या गरेको अभियोगमा उनकै बुहारी चन्दादेवी महतोलाई ईलाका प्रहरी कार्यालय धनगढीले पक्राउ गरेको जनाएको छ । जिल्लाको धनगढीमाई नगरपालिका–६ मोतियाही टोल बस्ने ४२ वर्षीया चन्दादेवी महतोलाई प्रहरीले पक्राउ गरेको छ ।

चन्दादेवीले बाँसको भाटा प्रहार गर्दा दरपीको घट्नास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कायाृलय धनगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्