प्रधानमन्त्री प्रचण्डद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन ( फाेटाे फिचर )

0
Shares

पोखरा ।

प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । आज यहाँ आयोजित भव्य कार्यक्रमकाबीच उनले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको औपचारिकरुपमा उद्घाटन गरेका हुन् ।

अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्ने भएकाले आज पोखरा महानगरपालिकाले सार्वजनिक बिदा समेत दिएको छ ।