एमाले अध्यक्ष ओली र उपप्रधान एवं गृहमन्त्री लामिछानेबीच भेटवार्ता



भक्तपुर ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबीच अध्यक्ष ओली निवास बालकोटमा आज भेटवार्ता भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहेका गृहमन्त्री लामिछानेले मन्त्रालय मातहतका इकाइहरुमा सुधारका लागि गरेको प्रयासका बारेमा अध्यक्ष ओलीलाई जानकारी गराउनु भएको उहाँको सचिवालयले जनाएको छ ।

अध्यक्ष ओली र गृहमन्त्री लामिछानेबीच सत्ता गठबन्धनको सहकार्यदेखि सरकारको कामको प्रभावकारिकता र गृह प्रशासन सञ्चालनका सन्दर्भमा समेत छलफल भएको गृहमन्त्री लामिछानेको सचिवालयले जनाएको छ ।

उहाँहरुबीच सरकारको न्युनतम साझा नीति तथा कार्यक्रम, समसामयिक विषय ,आगामी रणनीति र मन्त्रालय बाँडफाँडको बारेमा पनि छलफल भएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्