गृहमन्त्रीले भने : सरुवा बढुवाका लागि नेताको घरदैलो धाउनु पर्दैन, विधिसम्मत हुन्छ



काठमाडौं । गृहमन्त्री रवि लामिछानेले प्रहरीले सरुवा बढुवाका लागि नेताको घरदैलो धाउनु नपर्ने बताएका छन् । आज (शुक्रबार) प्रहरी प्रधान कार्यालय नक्सालको निरीक्षण गर्न पुगेका रविले यस्तो बताएका हुन् ।

नियम, कानुन र विधिसम्मत रूपमा प्रहरी चलेमा गृह मन्त्रालय र आफूले कुनै हस्तक्षेप नगर्ने लामिछानेले बताए । प्रहरीको सरुवा, बढुवा कानुन अनुसार हुने तर्क गरेका उनले त्यसका लागि कुनै मन्त्री र नेताको दैलोमा नधाउन पनि आग्रह गरेका छन् ।

सरुवा बढुवाकै लागि नेताको घरमा धाउने कुरालाई अन्त्य गर्न चाहेको बताउँदै उनले यदि कसैले त्यस्तो गरेको देखिए कारवाही गर्ने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्