पेलेको निधनपछि मेस्सी, रोनाल्डो, एम्बाप्पेले के भने ?



काठमाडौं ।

विश्व फुटबलका लेजेन्ड पेलेको ८२ वर्षको उमेरमा बिहीवार राति ब्राजिलको आओ पाउलोमा निधन भएको छ।

अल्बर्ट आइन्सटाइन अस्पतालले पेलेको निधन भएको पुष्टि गरेको हो । पेले किड्नी र प्रोटेस्टको समस्यासँग केही वर्षयता जुधिरहेका थिए ।

पेलेको निधनप्रति पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी, फ्रान्सका स्टार खेलाडी केलियन एम्बाप्पेले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

रोनाल्डोले पेलेलाई कहिल्यै बिर्सन नसकिने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भनेका छन्, ‘सम्पूर्ण ब्राजिलका लागि मेरो गहिरो संवेदना, र विशेष गरी एडसन एरान्टेस डो नासिमेन्टोको परिवारलाई । शाश्वत राजा पेलेलाई केवल ‘अलबिदा’ मात्र सम्पूर्ण फुटबल संसारले हारेको पीडा व्यक्त गर्न कहिल्यै पर्याप्त हुने छैन ।’

यस्तै मेस्सीले लाखौँका लागि प्रेरणा रहेका पेलेलाई सदा सम्झिरहने उनले बताए । ‘धेरै लाखौँको लागि प्रेरणा, हिजो, आज र सदाको लागि सन्दर्भ । तपाईँले मलाई देखाउनुभएको माया प्रत्येक पलमा हामीले टाढाबाट पनि स्मरण गरिरहने बताएका छन्  ।

यस्तै फ्रान्सका स्टार खेलाडी केलियन एम्बाप्पेले फुटबलका बादशाहले हामीलाई छोडेर गएको बताएका छन् ।पेलेसँगको तस्वीर शेयर गर्दै उनले पेलेको विरासतलाई कहिल्यै भुल्न नसकिने बताएका छन् ।

पेले विश्वकप फुटबलको उपाधि तीनपटक जितेका छन् । पेलेले सन् १९५८, १९६२ र १९७० को विश्वकप उपाधी ब्राजिललाई जिताएका थिए । उनको जन्म २३ अक्टोबर १९४० मा भएको थियो भने निधन २९ डिसेम्बर २०२२ मा भएको छ ।

याे पनि विश्वकै महान फुटबल खेलाडी पेलेको निधन

प्रतिक्रिया दिनुहोस्