जो ऋणको भारी बोकेर कलिलो उमेरमै विदेशिए

0
Shares

रूकुम पश्चिम । 

आफ्नै भूमिमा जीविकोपार्जन गर्ने कमाइ र काम नपाएपछि अधिकांश नेपालीलाई रोजगारीको लागि विदेशिनुपर्ने बाध्यता छ । वैदेशिक रोजगारीमा जाने धेरैले महँगो ब्याजमा ऋण लिने गरेका छन् । त्यस्तै, बाध्यताले घेरेपछि रूकुम पश्चिमका दुई बालक कलिलै उमेरमा विदेशिनुपरेको छ ।तस्वीरमा झट्ट हेर्दा १५–१६ वर्षका देखिने ती बालक को हुन् यथार्थ के हो त भनेर नेपाल समाचारपत्रले सोधिखोजी गर्दा ती किशोरहरू रूकुम

पश्चिमको चौरजहारी नगरपालिका–१३ का स्थानीय रहेको पाइएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश उड्नु अघि खिचिएको तस्वीर बायाँतर्फ टेकराज बिक र दायाँतर्फ शिवलाल ओलीको हो । तस्वीरमा हेर्दा बालकजस्तै देखिए पनि दुवै जना किशोर अवस्थाका हुन् । वैदेशिक रोजगार आजको समयमा हामी नेपालीको बाध्यताको उपज भएको छ ।

यी तस्वीर त केवल प्रतिनिधि पात्र मात्रै हुन् । मुलुकमा उमेर ढाँटेर नागरिकता, पासपोर्ट बनाएर कलिलै उमेरमा विदेश जानुपर्ने बाध्यता छ । चौरजहारी नगरपालिका–१३ का स्थानीय मोतीराम विकले टेकराजको उमेर २१ वर्ष र शिवलालको उमेर २४ वर्ष रहेको जानकारी दिनुभयो । उहाँका अनुसार टेकराजले ८ कक्षा पास र ओलीले १० कक्षा सकेर पढ्दापढ्दै विदेश गएको बताउनुभयो । दुवै जना एउटै गाउँका हुन् ।त्यस्तै, शिवलालका बुबा यामबहादुर ओलीले छोराले एसईईसम्मको पढाइ सकेर विदेशिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘मेरा दुई छोरामध्ये शिवलाल घरको जेठो छोरा हो । घर चलाउन र परिवारको ऋण तिर्न छोरालाई विदेश पठाउन बाध्य भएँ ।’ ओलीले भन्नुभयो– ‘गाउँघरमै रोजगारी सिर्जना नहुँदा छोरो कामको खोजीमा भारत जाने आउने गथ्र्यो । भारतको कमाइले घर धान्नसमेत मुस्किल भयो ।’

उनीहरू दुवैजना वैदेशिक रोजगारका लागि बुधबार मलेसिया उडेका छन् । विदेशमा रहँदा राम्रो आर्थिक प्रगति हुन्छ कि भन्ने आशमा टेकराज र शिवलाल गाउँमा साढे दुई÷दुई लाख बढी ऋण लिएर म्यानपावर कम्पनीमार्फत मलेसिया उडेको ओली बताउनुहुन्छ ।मलेसिया रोजगारीमा जान ऋणको भार
वैदेशिक रोजगारीको लागि वित्तीय संस्थाहरूले ऋण दिँदैनन् । त्यसैले अधिकांशले गाउँघरमै चर्को ब्याजदरमा साहु र आफन्तबाट ऋण लिएर विदेश जाने गरेका छन् । यता सराकारले मलेसिया दश हजारमा पठाउने भने पनि मेनपावर कम्पनीले लाखौँ पैसा असुल्छन् ।