ब्राउनसुगरसहित दुई जना पक्राउ



मोरङ ।

मोरङको विराटनगर महानगरपालिकाबाट लागुऔषधसहित दुईजना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८७ मिलिग्रामसहित दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा बेलबारी नगरपालिका–२ बस्ने २१ वर्षीय मनिष लिम्बू र सोही ठाउँ बस्ने २४ वर्षीय सुरज गिरी रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

सुनसरी, बर्जु गाउँपालिका–६ स्थित नहरको डिलबाट अवैध लागूऔषध गाँजा करिब ४० किलोग्राम मंगलबार बिहान प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय चिमडीबाट खटिएको प्रहरीले बेबारिसे अवस्थामा रहेको प्रदेश १–०२–०४३ प ९९३४ नम्बरको मोटरसाइकल फेला पारी जाँच गर्ने क्रममा झोलामा रहेको उक्त गाँजा फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्