कैलाली २ मा नागरिक उन्मुक्तिका चौधरी विजयी

0
Shares

धनगढी ।

कैलालीको निर्वाचन क्षेत्र नम्बर २ मा नागरिक उन्मुक्तिका अरुण चौधरी विजयी भएका छन्। चौधरी २१ हजार ८ सय ७१ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्धन्दी नेकपा (एमाले) का झपटबहादुर रावलले १६ हजार १ सय २८ मत पाएका छन्।

यस्तै सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका भगतबहादुर बडुवालले भने १५ हजार १ सय १६ मत मात्रै पाए। यहाँ जम्मा ६० हजार ३ सय ७४ मत खसेको थियो। जसमा ३ हजार ६ सय ६४ मत बदर भएका छन्।