नुवाकोट–२ मा गठबन्धनका उम्मेदवारको अग्रता

0
Shares

नुवाकोट।

प्रतिनिधिसभा तथा प्रदेससभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोटको निर्वाचन क्षेत्र नं. १ को मतगणना साँझ ६ बजेदेखि सुरु भएको छ । मतपेटिका सङ्कलन र रुजुमा भएको ढिलाइ तथा सर्वदलीय बैठकमा गणनासम्बन्धी सहमति जुटाउन देखिएको समस्याको कारण आज साँझ ६ बजेदेखि गणना सुरु भएको निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिए । उनका अनुसार निर्वाचन अधिकृतको कार्यालय रहेको तादी गाउँपालिकाको कार्यालयको चार स्थानमा गणना थालिएको हो ।

निर्वाचन क्षेत्र नं. २ र उक्त क्षेत्रको प्रदेश–१ मा जारी रहेको मतगणनामा सत्तारुढ पाँच दलीय गठबन्धनका साझा उम्मेदवारले सुरुआती समयदेखिको अग्रता कायम रहेको छ ।

एक हजार दुई सय मतगणना हुँदा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसी र एक हजार चार सय मत गणना हँुदा प्रदेश–१ तर्फ नेकपा माओवादी केन्द्रका उम्मेदवार रामप्रसाद ढुङ्गानाले अग्रता लिएका छन् ।

प्रतिनिधिसभातर्फ कांग्रेसका उम्मेदवार केसीको छ सय पाँच, नेकपा (एमाले)का उम्मेदवार नारायणप्रसाद खतिवडाको तीन सय २५ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुमनविक्रम पाण्डेको दुई सय तीन मत प्राप्त भएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए । उनका अनुसार उक्त क्षेत्रको प्रदेश–१ मा माओवादी केन्द्रका उम्मेदवार ढुङ्गानाले सात सय ७४ मत ल्याएर अग्रता कायमै राख्नुभएको छ । एमालेका उम्मेदवार केशवराज पाण्डेको चार सय ३७ र उम्मेदवारी निष्क्रिय बनाए पनि कांग्रेसका गीता अमात्यले ८६ मत प्राप्त गरेकी छिन्।