भक्तपुर क्षेत्र नं १ मा राप्रपाका खड्कालाई सुरुआती अग्रता

क्षेत्र नं. २ मा काँग्रेसको अग्रता कायमै

0
Shares

भक्तपुर।

नेपाल मजदुर किसान पार्टीको गढ भनेर चिनीने प्रतिनिधिसभा भक्तपुर क्षेत्र नं १ मा राप्रपाका उम्मेदवार भरतबहादुर खड्काले सुरुआती अग्रता लिनुभएको छ ।
खरीपाटीस्थित बिद्युत तालिम केन्द्रमा जारी चाँगुनारायण नगरपालिका वडा नं १ को मतगणनाका क्रममा खड्काले एक हजार ३ सय ११ मतगणना हुँदा खड्काले ३ सय ५९, एमालेका नवराज गेलालले ३ सय ५६ मत प्राप्त गर्नुभएको छ ।

नेमकिपाका प्रेम सुवालले २ सय ९२ र माओवादी केन्द्रका सुनिल गोठेले २सय २ मत प्राप्त गर्नुभएको छ ।

भक्तपुर क्षेत्र नं. २ को मतगणनामा नेपाली काँग्रेसले ४ हजार ५१५ मतले अग्रता लिएको छ । मध्यपुरथिमि नगरपालिका बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिम केन्द्रमा जारी मतगणनामा प्रतिनिधिसभा तर्फ नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले ४ हजार ११९ मत प्राप्त गर्नुभएको छ ।

नेपाल मजदुर किसान पार्टीले ८६९ मत प्राप्त गरेको छ, राष्ट्रिय स्वतन्त्र पार्टीले ७३५ र राष्ट्रियता प्रजातन्त्र पार्टीले ४५० मत प्राप्त गरेका छन्।

भक्तपुर क्षेत्र नं. २ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार हुनु भएको नेपाली काँग्रेसका सभापति दूर्लभ थापा र नेकपा एमालेका तर्फबाट एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

दुबै क्षेत्र शान्तिपूर्वक मतगणना जारी रहेको छ ।