भक्तपुर क्षेत्र नं. २ मा काँग्रेस ४३५ मतले अगाडि

0
Shares

भक्तपुर ।

भक्तपुर क्षेत्र नं. २ को मतगणनामा नेपाली काँग्रेसले ४३५ मतले अग्रता लिएको छ । मध्यपुरथिमि नगरपालिका बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिम केन्द्रमा जारी मतगणनामा प्रतिनिधिसभा तर्फ नेपाली काँग्रेसका उम्मेदवार दूर्लभ थापाले ४ हजार ११९ मत प्राप्त गर्नुभएको छ । १० हजार ४३६ मत गनिसक्दा उहाँले सो मत प्राप्त गर्नुभएको हो ।

नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले ३ हजार ६८४ मत प्राप्त गर्नुभएको छ । नेपाल मजदुर किसान पार्टीले ८६९ मत प्राप्त गरेको छ, राष्ट्रिय स्वतन्त्र पार्टीले ७३५ र राष्ट्रियता प्रजातन्त्र पार्टीले ४५० मत प्राप्त गरेका छन्। मतगणना जारी रहेको छ ।

भक्तपुर क्षेत्र नं. २ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार हुनु भएको नेपाली काँग्रेसका सभापति दूर्लभ थापा र नेकपा एमालेका तर्फबाट एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।