कैलाली ५ : मुख्य निर्वाचन अधिकृत बिरामी, मतगणना अनिश्चित

0
Shares

धनगढी।

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को मतगणना अनिश्चित बनेको छ। यहाँका मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्याल बिरामी परेपछि मतगणना अनिश्चित बनेको हो।

निर्वाचनको बढ्दो दौडधुपका कारण उनी बिरामी परेको बताइएको छ। उनलाई प्रेसरको समस्या रहेको जनाइएको छ। यसअघि आज दिउँसो १ बजेदेखि मतगणनाा गर्ने भनेर सर्वदलीय बैठक बसेको थियो। तर, बैठकमा नेकपा एमाले र गठबन्धनबीच सहमति नभएपछि ३ घण्टा चलेको बैठक नै स्थगित भएको थियो।

त्यसपछि मुख्य निर्वाचन अधिकृत अर्यालको प्रेसर बढेको र अहिले उनी आफ्नो क्वाटरमा आराम गरिरहेका छन्।