कञ्चनपुरमा मतगणना सुरु

0
Shares

धनगढी।

कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र ३ मा मतगणना कार्य सुरु भएको छ। जिल्ला समन्वय समिति महेन्द्रनगरको सभाहलमा गणना भइरहेको छ।

क्षेत्र नं। १ को ३ बजे र २ को २ बजेबाट मतगणनाको तयारी छ। क्षेत्र नं १ को मतगणना दिउँसो ३ बजेदेखि गन्न सुरु गरिने मुख्य निर्वाचन अधिकृत कृष्ण प्रसाद नेपालले जानकारी दिए। उनका अनुसार क्षेत्र नं १ को मतगणना बेलौरी नगरपालिका–४ को सभाहलमा हुने छ।

यस्तै क्षेत्र नं‍ २ को दिउँसो २ बजेदेखि मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत मोहनी प्रसाद जोशीले जानकारी दिए। त्यहाँको मतगणनास्थल कालिका माध्यमिक विद्यालय असैना झलारीमा राखिएको छ।