रामेछापमा मतगणना बेलुका ५ बजेपछि

0
Shares

रामेछाप ।

रामेछापमा बेलुका ५ बजे पछि मत गणन सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जनाएको छ । मुख्य निर्वाचन अधिकृत इन्दिरा शर्माका अनुसार दिउँसो २ बजे सर्वदलीय बैठक बस्ने र त्यस पश्चात् मत गणना सुरु गरिने छ । सोमबार बिहान ३ बजे सम्म सबै मत मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेका थिए ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको मतदानमा रामेछापमा ४९.२८ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापका अनुसार ८८ हजार ७५७ मत खसेको छ ।

रामेछापमा ९६ वटा मतदान स्थल र २ सय २६ वटा मतदान केन्द्रबाट मतदान भएको थियो । रामेछापमा प्रतिनिधिसभा तर्फ एक र प्रदेश सभातर्फ २ वटा निर्वाचन क्षेत्र रहेका छन् । प्रतिनिधिसभातर्फ २२ जना र प्रदेश क मा ११ जना र प्रदेश ख मा १२ जना चुनावी मैदानमा छन् ।