पूर्वी नवलपरासीमा मतगणना सुरु

0
Shares

नवलपरासी ।

सर्वदलीय सहमति पछि पूर्वी नवलपरासीमा मतगणना सुरु भएकाे छ ।

नवलपरासी क्षेत्र नं.२ हुप्सेकाेट गाउपालिका ६ नं. वडाबाट मतगणना सुरु भएकाे २ नम्बर क्षेत्र निर्वाचन अधिकृत कमल राज पन्थीले बताउनु भयाे ।
प्रतिनिधि सभा प्रतक्ष्य तर्फबाट सुरु भएकाे मतगणनामा तारजाली लगाएर सुरक्षा ब्यवस्था मजबुद पारिएकाे छ ।

हुप्सेकाेट ६ मा १ हजार २ सय ६२ मत खसेकाे छ ।

नवलपरासी पूर्वकाे निर्वाचन क्षेत्र २ काे कुल १ लाख २९ हजार २ सय ८० मतदाता रहेकाे र ८५ हजार ३ सय ९९ मत खसेकाे थियाे ।