मतपेटिका जलेकाे केन्द्रमा साेमवार मतदान हुने

0
Shares

नवलपरासी।
मतपेटिकामा आगजनी भएकाे पूर्वी नवलपरासीकाे झाँक्रे मतदान केन्द्रमा साेमवार मतदान हुने भएकाे छ ।
आइतवार बेलुका बसेकाे सर्वपक्षीय बैठक पछि मतपेटिका जलेकाे प्रदेश समानुपातिक तर्फकाे मतदान पुन: हुने जिल्ला स्थित मुख्य निर्वाचन अधिकृत उमेश प्रसाद लुईटेलले बताउनु भयाे ।

कूल ९ सय ८० मतदाता रहेकाे देवचुली ४ झांक्रे स्थित शान्ति सिर्जना आधारभूत बिद्यालय केन्द्रमा मतदाता नारायण भण्डारीले मतपेटिकामा बडिलाेसन हालेर भागेका थिए ।

पूर्वी नवलपरासी क्षेत्र नं.१ प्रदेश (क) अन्तरगतकाे समानुपातिक तर्फकाे मत खसाल्दै गर्दा भण्डारीले सुटुक्क बडिलाेसन खन्याए पछि मतपेटिकाबाट धुवा छुटेकाे बताईन्छ ।

प्रहरीले भण्डारीलाई झण्डै २ किमी टाढा पुगेर आफ्नाे नियन्त्रणमा लिएकाे थियाे ।प्रहरी नियन्त्रणमा रहेका भण्डारीसँग आवश्यक साेधपुछ तथा अनुसन्धान भईरहेकाे प्रहरीले जनाएकाे छ ।

जिल्लाकाे अन्य क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएकाे जिल्ला निर्वाचन कार्यालयले जनाएकाे छ ।