नवलपरासी पूर्वमा ६६ र पश्चिममा ७२ प्रतिशत मत खस्यो

0
Shares

नवलपरासी।

दुई जिल्लामा विभाजित नवलपरासीका पूर्व र पश्चिममा ६ प्रतिसतकाे फरकमा मत परिणाम आएकाे छ ।आइतवार सम्पन्न निर्वाचनमा नवलपरासी पूर्वमा ६६ प्रतिशत मत खसेकाे छ भने पश्चिममा ७२ प्रतिशत मतदान भएकाे छ ।

पश्चिम नवलपरासीमा रहेका २ लाख ४० हजार ९ सय ३० मतदाता मध्ये १ लाख ७३ हजार ३ सय ८४ जनाले मतदानमा सहभागिता जनाएका छन् ।

जसमा ९० हजार ४ सय ६६ महिला, ८१ हजार ९ सय १५ पुरूष र ३ अन्य रहेकाे प्रमुख जिल्ला अधिकारी वसन्त पाेखरेलले बताउनु भयाे ।

यसरी नै नवलपरासी पूर्वमा २ लाख ६० हजार ४ सय ६१ मतदाता मध्ये १ लाख ७३ हजार १ सय ८१ जना मतदानमा सहभागी रहेका छन् ।
जसमा ९६ हजार ६ सय ८० महिला,७६ हजार ५ सय पुरूष तथा अन्य १ रहेकाे जिल्ला निर्वाचन अधिकृत लाल प्रसाद भुसालले जानकारी दिनुभयाे ।