धादिङमा ५५.९० प्रतिशत मत खस्यो

0
Shares

धादिङ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा धादिङमा ५५ दशमलब ९० प्रतिशत मत खसेको छ

विगतको तुलनामा शान्तिपूर्ण रहेको यस पटकको निर्वाचनमा मतदाताहरुले मतदान गर्न समेत उत्सुकता जनाएका थिएनन् ।

२ लाख ६५ हजार ९ सय ९६ मतदाता रहेको धादिङमा मत खसेको छ । यो कुल मतदाताको ५५ दशमलब ९० प्रतिशत रहेको जिल्ला निर्वाचन अधिकारी सन्तोष श्रेष्ठले जानकारी दिनुभएको छ ।

प्रतिनिधि सभाका लागि २ र प्रदेशसभाका लागि ४ निर्वाचन क्षेत्र रहेको धादिङमा महिला ७० हजार १ सय ६३ जना, अन्य १ जना र पुरुष ७८ हजार ६ सय ७५ गरी १ लाख ४८ हजार ८ सय ३९ मत खसेको छ ।

धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ७ मा रहेको महाकाली मावि मतदान केन्द्रमा मंसिर ४ गते दिउँसो गठबन्धनका कार्यकर्ताबाट नेकपा एमालेका २३ वर्षीय रुपक खतिवडा, रोशन गिरी सहित ४ जना घाइते भएको नेकपा एमाले सिद्धलेक गाउँपालिका कमिटीका अध्यक्ष कमला शर्माले जानकारी दिनुभयो । सिद्धलेकको यसमतदान केन्द्रमा मतदान गर्ने स्गथान समेत अरुले देखिने गरी राखिएकोमा मतदाताहरु डराएरमतदान गरेको बताएका छन् ।मतदान सामान्य रहेको बताइएको छ ।

१ सय १४ मतदान स्थलको ३ सय ३ मतदानकेन्द्रको मतपेटिका मतगणना स्थल आइपुगेपछि मतगणना सुरु गरिने प्रमुख निर्वाचन अधिकृत स्वीकृति पराजुलीले जानकारी दिनुभयो ।

धादिङ क्षेत्र नम्बर १ को मतपेटिका गल्छीमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेको छ भने क्षेत्र नम्बर २ को मतपेटिका रुबिभ्याली , खनियाबास क्षेत्रको नआइपुगेको र मतगणना स्थलतर्फ ल्याईदै गरेको जनाइएको छ ।