बागलुङमा ५३.५६ प्रतिशत मत खस्यो

0
Shares

बागलुङ।

बागलुङका सबै मतदान स्थलमा शान्तिपूर्ण मतदान सम्पन्न भएको छ । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा कूल ५३.५६ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ ।
कुल १ लाख ९२ हजार २ सय २७ मतदाता रहेको बागलुङमा १ लाख २ हजार ९ सय ६३ मत खसेको जिल्ला निर्वाचन कार्यलय बागलुङका प्रमुख यज्ञ रिजालले बताए ।

मतदान स्थलबाट मतपेटिका ल्याउने क्रम सुरु भएको भन्दै भोलि मात्र मतगणना सुरु हुने उनको भनाई छ । निर्वाचन क्षेत्र नम्बर १ को मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय र क्षेत्र नम्बर २ को मतगणना निर्वाचन अधिकृतको कार्यालय बुर्तिवाङमा हुने छ ।