पर्वतमा ५५ प्रतिशत मत खस्यो

0
Shares

पर्वत।

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अन्तर्गत पर्वतमा ५५ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतले दिएको जानकारी अनुसार पर्वतको ७ पालिकामा ५५ प्रतिशत मत खसेको हो ।

जस अनुसार विहादी गाउँपालिकामा जम्मा १० हजार ९ सय ९० मत मध्ये ५ हजार ७ सय ५१ मत खसेको छ भने जलजला गाउँपालिकामा १६ हजार ४ सय ३२ मध्ये ९ हजार २ सय २०, फलेवास नगरपालिकामा २३ हजार ५ सय ६४ मध्ये १२ हजार १ सय ३२, कुश्मा नगरपालिकामा ३१ हजार ८ सय २० मध्ये १८ हजार १ सय ३, महाशिला गाउँपालिकामा ८ हजार ३ सय ८७ मध्ये ४ हजार १, मोदी गाउँपालिकामा १९ हजार ८ सय ३६ मध्ये १० हजार ५ सय ७७ र पैञ्यु गाउँपालिकामा ११ हजार ६ सय २० मध्ये ६ हजार ४ सय १९ मत खसेको हो ।

पर्वतको कुल मतदाता संख्या १ लाख २२ हजार ६ सय १९ मध्ये ६६ हजार   २ सय ७३ मत खसेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतका प्रबक्ता राजु ढुंगानाका अनुसार मतगणना स्थल नजिकैको केन्द्रका मतपेटिका गणना स्थलमा आइसकेको र केही टाढाका मतदान केन्द्रबाट मतपेटिका आउने कार्य जारी रहेको छ । मतपेटिका गणनास्थलमा आउँदा वित्तिकै सर्वदलिय बैठक बोलाएर आज राति नै गणना शुरु गर्ने तयारी गरिएको ढुंगानाले बताउनुभयो ।