झापामा ६० प्रतिशत मत खस्यो


भद्रपुर।

झापामा ६० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार ६० प्रतिशतको हाराहारीमा मत खसेको हो ।

मत पेटिका सङ्कलन भइरहेकोले यति नै हो भन्न नसकिने जिल्ला निर्वाचन अधिकारी तुलसीकुमार नेपालले जानकारी दिनुभयो । सङ्कलनपश्चात सर्वदलीय वैठकवसी आइतबार रातिबाट गणना शुरु गरिने उहाँले जनाउँनुभयो ।

यस पटकको निर्वाचनमा मतदातामा खासै उत्साह देखिएन । अधिकांश मतदान स्थलहरुमा त्यति भीड देखिएन ।

जिल्लाका पाँच निर्वाचन क्षेत्रमा २८५ मतदान स्थलमा ७६६ मतदान केन्द्र रहेको थियो । मेची रङ्गशाला भद्रपुर र झापा कारागारलाई अस्थायी मतदान केन्द्र तोकिएको थियो ।

जिल्लामा ६ लाख ६३ हजार ३ सय ११ जना रहेको उहाँले बताउँनुभयो । जसमा ३ लाख ३१ हजार ४४ जना पुरुष, ३ लाख ३२ हजार २ सय ५९ महिला र अन्य ८ रहेका थिए ।