सल्यानमा ५३ प्रतिशत मत खस्यो 

0
Shares

सल्यान। 

सल्यानमा प्रतिनिधि सभा र प्रदेश सभातर्फको निर्वाचनमा ५३.२७ प्रतिशत मतदान सम्पन्न भएको प्रारम्भिक अनुमान गरिएको  छ । मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमका अनुसार सल्यानका १ सय १७ मतदान स्थल र २ सय ५ मतदान केन्द्रको यकिन अनुमानित ५३.२७मत खसेको हो ।

सल्यानमा  १ प्रतिनिधि सभा र २ प्रदेश सभा सदस्यका लागि आज भएको मतदानमा प्रतिनिधि सभा सदस्य तर्फ ६  र प्रदेश सभा सदस्य तर्फ १२ जनाले उम्मेदवारी दर्ता गराएका छन्  ।

सल्यानमा १ लाख ५७  हजार ७ सय १ मतदाता रहेका छन् । जसमा ८४ हजार २२ जनाले मात्र मतदान गरेका हुन । स्थानीय तहको निर्वाचनमा भन्दा प्रतिनिधि सभा र प्रदेश सभातर्फको निर्वाचनमा मतदाताको सङ्ख्या कम देखिएको छ ।