मनाङमा ६५ प्रतिशत मत खस्यो

0
Shares

लमजुङ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी मतदानमा मनाङमा दिउँसो १:३० बजेसम्म ६५ प्रतिशत मत खसेको छ ।

जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार दिउँसो १ :३०  बजेसम्म यहाँ ६५ प्रतिशत मतदान भएको हो ।

कुल २९ वटा मतदान केन्द्र रहेको मनाङमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र छन् । यहाँ कुल छ हजार सात सय ७९ मतदाता छन् ।