लगातार बढ्दै सुनको मूल्य, कति छ आज ?

0
Shares

काठमाडौँ।

बुधबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ ।

मंगलबार प्रतितोला ९८ हजार २ रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार तोलामा २ सय रुपियाँले बढेर ९८ हजार ४ रुपियाँमा कारोबार भैरहेको छ।

आज तेजाबी सुनको मूल्य ९७ हजार ९ सय रुपियाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य भने घटेको छ । बुधबार चाँदी तोलामा ३० रुपियाँले घटेर १२ सय ९५ रुपियाँमा कारोबार भइरहेको छ ।