रसुवागढीसँग जोडिएका सीमा नाका ४  दिन बन्द हुने 

0
Shares

रसुवा।

आगामी   मंसिर ४ गते हुने आसन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य  निर्वाचन २०७९ लाई भयरहित बनाउन रसुवागढी नाकासँग जोडिएको सीमा नाका चार दिनका लागि बन्द हुने भएको छ ।

चुनावको व्यवस्थापकीय कार्यलाई स्वच्छ,निष्पक्ष भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न चीनसँग सिमाना जोडिएका रसुवागढी सीमा नाका २०७९ मंसिर १ गते राति १२ बजेबाट ४ गते राति १२ बजे सम्मका लागि बन्द रहने प्रमुख जिल्ला अधिकारी नवराज जैसिले बताउनु भयाे ।

जिल्लामा निर्वाचन समयावधि भर यथेष्ट मात्रामा सुरक्षा व्यवस्था मिलाइएको छ।शान्ति पूर्ण निर्वाचन सफल पार्न सबै माझ आग्रह गरिएको प्रजिअ जैसीको भनाइ छ।