सुकुम्वासी बस्तीका जनताको गुनासो, पौडेलले पुर्जाको राजनीति गरेर पटक–पटक झुक्याए

0
Shares

बुटवल।

रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ को सुकुम्वासी तथा तिनाउतटीय क्षेत्रका बासिन्दाहरुले यस अघि जीतेर गएका उम्मेद्वारहरुले लालपुर्जाको आश्वासन दिएर आफूहरुलाई झुक्याउने गरेको गुनासो गरेका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि मतमाग्न घरदैलोमा पुगेका लोकतान्त्रिक साझा गठबन्धनका उम्मेद्वारहरु समक्ष उक्त गुनासो पोखेका हुन् ।

प्रतिनिधि सभा क्षेत्र नं २ का उम्मेद्वार केशब बहादुर थापा र प्रदेश सभाका उम्मेद्वार बामदेव क्षेत्रीलाई त्यहाँका स्थानीयहरुले यस अघि यस क्षेत्रका विजयी उम्मेद्वार पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पोडेलले लालपुर्जा दिन्छु भन्दै तीन–तीन पटक चुनाव जितेर गएपछि १५ वर्ष बित्दा सम्म वेवास्ता गरेको प्रति आक्रोस पोखेका छन् ।

उनीहरुले नाम नखुलाउने शर्तमा पोडेलले चुनाव जितेर गएपछि तिनाउ दानव करिडोरको नाममा तिनाउ छेउमा बस्दै आएका आफूहरुको घरबास उठाउन खोजेको भन्दै पौडेल माथि आक्रोश व्यक्त गरे ।

यसबारेमा प्रतिनिधि सभाका उम्मेद्वार ापा र प्रदेशका उम्मेद्वार क्षेत्रीलाई विचार गर्न उनीहरुले आग्रह गरेका हुन् । उनीहरुलाई आश्वासन दिदै उम्मेद्वार थापाले चुनाव जितेमा तिनाउ नदी छेउका बस्तीहरुका समस्या तत्काल समाधान गरिने आश्वासन दिनु भयो । चुनाव नजिकिएसंगै गठबन्धनका उम्मेद्वारहरुले बुटवल क्षेत्रमा चुनावी प्रचार प्रसारलाई आक्रामक रुपमा अगाडि बढाएका छन् ।