प्रतिमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ घाइते

0
Shares

रामेछाप ।

उमाकुण्ड गाउँपालिका ५ प्रतिमा ट्याक्टर दुर्घटना हुँदा एक जानको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । प्रीतिको संसारी डाँडामा शनिबार ट्याक्टर दुर्घटना भएको हो ।

मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर सुनुवार रहेको रामेछाप प्रहरीले जनाएको छ । दुर्घटना घाइते भएका मध्ये एक जनालाई उपचारको लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ भने दुई जना प्राथमिक उपचार पछि घर फर्किएका छन् ।

प्रीतिको संसारीडाँडा भन्ने ठाउँमा लिखु नदीमा लागेको बेनी मेलामा गएर फर्किँदै गरेको लु ३ त २४९९ नम्बरको ट्याक्टर दुर्घटना भएको रामेछापका प्रहरी प्रवक्ता राजु प्रसाद ढकालले जानकारी दिनु भयो । दुर्घटनाको बारे थप अनुसन्धान भइरहेका छ भने ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रण लिएको छ ।