रात्रीबसको ब्रेकफेल २३ घाईते

0
Shares

नवलपरासी ।

पूर्व पश्चिम राजमार्गमा शनिबार राती गुडिरहेको रात्री बस एक्कासी ब्रेक फेल भई पल्टदा २३ यात्रु घाईते भएका छन् ।

काठमाडौंबाट धनगढी तर्फ जाँदै गरेको ना ७ ख ४१५ को यात्रु बाहक रात्री बस पूर्वी नवलपरासी जिल्लाको मध्यबिन्दु ११ मा अन्दाजी ११: ५५ बजे दुर्घटनामा परेको थियो ।

बस दुर्घटनामा परी त्यसमा सवार ५० यात्रु मध्ये २३ जना घाईते भएको जिप्रका नवलपरासीले जनाएको छ । घाईते मध्ये ५ जनालाई थप उपचारार्थ पुरानो मेडिकल कलेज भरतपुर पठाईएको र अन्य घाईतेहरू स्थानीय अस्पतालको उपचार पछि घर फर्कीएको सूचना अधिकारी प्रनाउ सन्तोष पाठकले बताउनु भयो ।