वेस्टइन्डिज र श्रीलंकालाई दबाब

0
Shares

लन्डन ।

आईसीसी टी २० विश्वकपको पहिलो चरणमा हारसँगै सुरुवात गरेपछि वेस्ट इन्डिज र श्रीलंकामाथि दबाब बढेको छ ।
दुई पटकको विश्व च्याम्पियन वेस्ट इन्डिजलाई स्कटल्यान्डले ४२ रनले हराएको हो ।

यस्तै नामिबियाले श्रीलंकालाई ५५ रनले पराजित गरेको थियो । योसँगै वेस्ट इन्डिज र श्रीलंकाले बाँकी रहेको खेल जित्नैपर्ने भएको छ । यदि, एक खेल मात्रै हारेमा दुवै टोली विश्वकपको अन्तिम चरणमा पुग्ने संभावना क्षीण हुनेछ ।

वेस्टइन्डिज २०१२ र २०१६ को टि२० विश्वकप च्याम्पियन हो । वेस्टइन्डिजले बुधबार जिम्बावे र शुक्रबार आयरल्यान्ड्सँग खेल्नेछ । स्कटल्यान्डले भने बुधबार आयरल्यान्ड र शुक्रबार जिम्बावेसँग खेल्नेछ । यस्तै, हालै एसिया कप च्याम्पियन बनेको श्रीलंका पनि नामिबियासँग स्तब्ध भएपछि बाँकी खेल जित्नुपर्ने दबाबमा रहेको छ । नामिबियाले मंगलबार नेदरल्यान्ड्स र बिहीबार युएईसँग खेल्नेछ । श्रीलंकाले मंगलबार युएई र बिहीबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

टी–२० विश्वकपमा वरियतामा शीर्ष आठमा पर्ने टोलीले सीधै सुपर १२ मा स्थान बनाएका छन् । यसमा अस्टे«लिया, भारत, पाकिस्तान, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, इंग्ल्यान्ड, बंगलादेश र अफगानिस्तान रहेका छन् । तर, वेस्ट इन्डिज, श्रीलंका, जिम्बावे जस्ता टेस्ट खेल्ने टोली भने सुपर १२ मा आउन पहिलो चरणको खेलमा सहभागिता जनाउनुपरेको छ । यी टोली वरीयतामा शीर्ष ८ भन्दा बाहिर छन् ।