२ नम्बरीलाई ८ दिनमा साढे ४ करोड


गत असोज २१ गते रिलिजमा आएको फिल्म २ नम्बरीले बक्स अफिसमा आक्रामक कमाइ गर्न सफल भएको छ। दोश्रो साताको शनिबारसम्म पनि हलमा दर्शकको उच्च चाप छ।

हिजो शनिबारको दिन समेत मल्टिप्लेक्समा दर्शकको उच्च अकुपेन्सी देखिएको छ। फिल्मको निर्माण समूहले आठ दिनको बक्स अफिस कलेक्सन सार्वजनिक गरेको छ। निर्माणपक्षका अनुसार, फिल्मले आठ दिनमा ४ करोड ४५ लाख ग्रस कलेक्सन गरेको छ। निर्माण पक्षले १३ सहरको कुल व्यापार समेत सार्वजनिक गरेको छ। निर्माण पक्षका अनुसार, २ नम्बरीले काठमाडौंमा ८ दिनमा २ करोड २० लाखको ग्रस कलेक्सन गरेको छ भने ले चितवनमा ५० लाख, पोखरामा ३० लाख, बुटवलमा २३ लाख, इटहरी २२ लाख, नेपालगञ्ज १५ लाख, दमकमा १५ लाख, बिर्तामोडमा १४ लाख, विराटनगरमा १२ लाख, हेटौंडामा १० लाख, धनगढीमा १० लाख, धरानमा ५ लाख र सुर्खेतमा ४ लाखको ग्रस कलेक्सन गरेको छ।फिल्मले अन्य विभिन्न स्टेसनबाट १५ लाख ग्रस कलेक्सन गरेको निर्माण पक्षको दाबी छ। फिल्मले रिलिजको केही दिनमा नै लगानी उठाएको निर्माता किरण नेपालीले दाबी गरेका छन्।

दीपेन्द्र लामाद्वारा निर्देशित फिल्मलाई दर्शकले मन पराएसँगै दोश्रो सातामा पनि यसको शोज वृद्धि भएको छ। फिल्ममा दयाहाध्र राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बुद्धि तामाध्र, उगेन छोदेनलगायतका कलाकार मुख्य भूमिकामा छन्।