पलको सुनुवाइ फेरि स्थगित

0
Shares

तनहुँ, (नेस)। नाबालिग करणीको अभियोगमा थुनामा रहेका नायक पल शाहविरुद्धको सुनुवाइ बुधबार पनि स्थगित भएको छ। बुधबारका लागि तोकिएको सुनुवाइ स्थगित भएको हो। यसअघि, असोज २ गतेका लागि तोकिएको पेशी स्थगित भएपछि बुधबारका लागि तोकिएको थियो। मुख्य जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगाना र न्यायाधीश कमल आचार्यलाई डेंगी भएको तथा न्यायाधीश दलबहादुर केसी निर्वाचनमा खटिएका कारण

अनुपस्थित हुँदा सुनुवाइ स्थगित भएको अभिनेता शाहका वकिल वरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेले जानकारी गराए। अदालतको अन्य न्यायाधीशको अनुपस्थितिमा न्यायाधीश केसीले कार्यभार सम्हाल्नुभएको छ। निर्वाचन खटिनुपर्ने भएकाले मुद्दामामिलातर्फ समय दिन नसक्नु, सरकारी वकिल कार्यालयले आफ्ना मातहतका सरकारी वकिलको सरुवा हुनुले सुनुवाइ स्थगित भएको होु वाग्लेले भने स्थगित भएको मुद्दाको तारिख कहिले राख्ने भन्ने निर्णय भएको छैन।

निर्वाचनमा एक जना न्यायाधीश खटिएको र अन्य न्यायाधिशको अदालतमा उपस्थिति भएपछि सल्लाहअनुरूप मुद्दाको सुनुवाइको लागि तारिख तय हुने अधिवक्ता वाग्लेले बताए। तिहार वा निर्वाचनपछि सुनुवाइ हुने भन्ने यकिन नभएको उनको भनाइ छ।

नवलपुर जिल्ला अदालतले भदौ २१ गते सोही प्रकृतिको मुद्दामा शाहलाई सफाइ दिइसकेको छ। बाल यौन दुरुपयोगमा २ वर्ष ६ महिना कैद सजाय, १० लाख रुपियाँ क्षतिपूर्ति र २५ हजार रुपियाँ जरिवाना तोकेको थियो। गत फागुन ११ गते नाबालिकाका बुबाले आफ्नी छोरीमाथि शाहले पटक-पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएका थिए। शाह फागुन १५ गते प्रहरी कार्यालयमा आफैं सम्पर्कमा आएका थिए।