म्याडोना समलिंगी !

0
Shares

चर्चित अमेरिकी पपस्टार म्याडोनाले आफू समलिंगी भएको संकेत गर्ने एक भिडियो सामाजिक सञ्जाल टिकटकमार्फत पोष्ट गरेपछि उक्त भिडियो र म्याडोना चर्चामा आएका छन्।

आइतबार ६४ वर्षीया म्याडोनाले टिकटकमा पोस्ट गरेको एक भिडियोमा उनको हातमा एक गुलाबी रध्रको भित्री वस्त्र देखिन्छ। भिडियोमा यदि मैले यसलाई गुमाएँ भने म समलिंगी हुँ भन्ने क्याप्सन देखिन्छ र उनले उक्त भित्री वश्त्र डस्टबिनमा फ्याँक्छिन्। उनको यो भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ भने म्याडोनाले अप्रत्यक्ष रूपमा आफू समलिध्र्गी भएको खुलासा गरेको जनाइएको छ।

उनले यो भिडियो अमेरिकी कमिध्र आउट डे अर्थात् लैंगिकक अल्पसंख्यक जनचेतना दिवसको अघिल्लो दिन पोस्ट गरेकी हुन्। लामो समयदेखि समलिंगी अधिकारवादी गायिकाको छवि बनाएकी म्याडोनाले आफ्नो सांगीतिक प्रस्तुतिमार्फत समलिंगी समुदायको समर्थन गर्दै आइरहेकी छन् भने सन् १९८९ मा उनले गाएको गीत एक्सप्रेस योरसेल्फ समालिंगी समुदायबीच निकै लोकप्रिय बनेको थियो।

स्न १९८० को दशककी चर्चिच पपस्टार सन् २००३ मा आयोजित एमटीभी म्युजिक भिडियो अवार्ड समारोहमा ब्रिट्नी स्पेयर्स तथा क्रिस्टिना एगुलिएरालाई चुम्बन गरेको दृश्यले चर्चा बटुलेको थियो। म्याडोना संगीतसँगै फिटनेसका कारण पनि चर्चित छिन्।