कौसिद पुसमा

0
Shares

बर्ड पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्म कौसिदको प्रदर्शन मिति घोषणा गरिएको छ। फिल्म आगामी पुस १५ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ। अभिनेत्री ऋचा शर्माको प्रस्तुतिमा बनेको फिल्म कुमार भाष्करले निर्देशन गरेका छन्।

फिल्ममा भोलाराज सापकोटा र ऋचा शर्मासँगै रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदीक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराईलगायतका कलाकारको अभिनय रहेको छ। केदार भुसालले निर्माण गरेको फिल्ममा दिमेश श्रेष्ठ कार्यकारी निर्माता र लक्ष्मण बानियाँ सह-निर्माता रहेका छन्। ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइ जोडिएको कथामा बनेको फिल्मले वर्तमान समय र परिस्थितको वास्तविकता चित्रण गरेको जनाइएको छ।

नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाको पटकथा, निशल पौडेलको छायांकन तथा मित्र डी. गुरुध्र र भीम विश्वकर्माको सम्पादन रहेको फिल्मको वितरणको जिम्मा आरआर फिल्म्स्ले लिएको छ।