हिजो आजका कुराको प्रिमियर



भोलि शुक्रबारदेखि अल नेपाल रिलिज हुने फिल्म हिजो आजका कुराको बुधबार राजधानीमा प्रिमियर शो आयोजना गरिएको छ। प्रिमियरमा फिल्म हेर्नेले यसलाई मनपराएका छन्। प्रिमियरमा हिजोआजका कलाकार र प्राविधिकका साथमा अन्य फिल्मकर्मी सहभागी भएका थिए। ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता सन्तोष पन्तले आफ्नो स’परहिट टेलिसिरियल हिजो आजका कुराकै नाममा यो फिल्म निर्माण गरेका हुन्। यसको निर्देशन उनका कलाकर्मी प’त्र साकार पन्तले गरेका छन्।

फिल्मले यसमा संलग्न दिवंगत कलाकारहरू रोहिणी भट्टराई, निरञ्जनप्रसाद अर्याल र जयनन्द लामाको समेत सम्झना गरेको छ। यो नै उनीहरूको अन्तिम फिल्म बन्न प’गेको छ। अभिनेता सन्तोष पन्तको कथा तथा निर्माणमा बनेको फिल्मका अभिनेता अर्याल र भट्टराईको कोरोना संक्रमणका कारण निधन भएको थियो भने लामाको आफ्नै आँगनमा पाइएको थियो।

७३ वर्षीय अर्याल पूर्व प्रोफसर थिए। उनले लामो समय पिके, त्रिचन्द्रलगायतका कलेजमा प्राध्यापन गरेका थिए भने भुइँमान्छे नामक फिल्मका निर्मातासमेत रहेका अभिनेता भट्टराई हाउस किपिङ कार्यमा संलग्न थिए। लामाले भने लोकगायन र अभिनय दुवैमा प्रसिद्धि कमाएका थिए। आप्mनो फिल्ममा अभिनीत तीन-तीन जना कलाकारलाई गुमाउनु पर्दा आफूहरूअत्यन्तै दुखी भएको निर्देशक साकारले बताए।

उहाँहरू हामी माझ हुनुहुन्न भन्ने सम्भँदा पनि सारै पीडा महसुस हुन्छु साकार भन्छन् उहाँहरू जहाँ रहे पनि आत्माले शान्ति पाओस्। हिजो आजका कुरा तीनैजना दिवंगत कलाकारप्रतिको श्रद्धासुमन हो। हाम्रो यो फिल्म उहाँहरूमा हार्दिक श्रद्धाञ्जलिका साथ समर्पण गरेका छौँ। पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित हिजो आजका कुरामा दिवंगत अर्याल, भट्टराई र लामाका साथमा सन्तोष पन्त, रमा थपलिया, साकार पन्त, केकी अधिकारी, ऋचा शर्मा, दिव्यदेव, रिमा बिश्वकर्मा, लक्ष्मी भुसाल, जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ, विनय कुईंकेल, अनुष्का अधिकारी, सविन शाक्य, कमला रेग्मी, रिहान केसीलगायतले अभिनय गरेका छन्। प्रतिभा पन्त कार्यकारी निर्मात्री तथा बैकुण्ठप्रसाद उपाध्याय र सचितकुमार मिश्र सह-

प्रतिक्रिया दिनुहोस्