किमलाई एक मिलियन डलर जरिवाना

0
Shares

हलिउड अभिनेत्री किम कार्डसियनले क्रिप्टोकरेन्सीको प्रचार गरेको मामलामा एक मिलियन डलर जरिवाना तिनुपर्ने भएको छ।
उनले हालै आफ्नो इन्स्टाग्राम ह्यान्डलमा इथेरियमम्याक्स क्रिप्टोकरेन्सी साइटको लिंक सेयर गर्दै क्रिप्टोकरेन्सी खरिद गर्ने सल्लाह दिएकी थिइन्।

‘मेरा साथीहरूले इथेरियमम्याक्स टोकनबारे जे बताए, त्यही मैले सेयर गरेकी हुँ’ उनको भनाइ छ।क्रिप्टोकरेन्सीको प्रचार गरेपछि युएस सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसनले उनले कानुनको उल्लंघन गरेको भन्दै जरिवाना तोकेको हो। जरिवानासहित किमले उक्त सामग्री प्रचारवापत पाएको २५ हजार डलर ब्याजसहित फिर्ता दिनुपर्ने समाचारमा जनाइएको छ।

बीबीसीमा प्रकाशित समाचारअनुसार किम उक्त जरिवाना तिर्न तयार भएकी छन्। किमको वकिलले बीबीसीसँगको कुराकानीमा किम लामो विवादमा फस्न नचाहकोले जरिवाना तिर्न तयार भएको बताएका छन्।