चैतलाई म राजेश हमाल


फिल्म म राजेश हमालको फस्र्टलुक पोस्टरसँगै रिलिज मिति सार्वजनिक गरिएको छ।फिल्मका निर्माता केदार भुसालले गत महानवमीको दिन आप्mना जन्मदिनको अवसर पारेर म राजेश हमालको रिलिज डेट सार्वजनिक गरेका हुन्। फिल्म आगामी चैत्र १० गतेबाट देशभर प्रदर्शनमा आउने छ।

जोन योञ्जनको निर्देशनमा बनेको फिल्ममा सञ्चिता लुइँटेल, मुकुन भुसाल, महेश त्रिपाठी, एभोनराज उप्रेती, संजोग रसाइली र अस्मिता लामिछानेले मुख्य भूमिकामा अभिनय गरेका छन्। फिल्ममा आर्यन सिग्देल विशेष भूमिकामा देखिनेछन् भने राजेश हमालको आवाजले कथा बोकेको जनाइएको छ।

फिल्ममा कथा जोन योञ्जन, पटकथा जोन र सायद, संगीत दीपक आरजे र कमल रेग्मी, छायांकन आलोक शुक्ला र सम्पादन भीम विश्वकर्माको रहेको छ। किरण कुमार महर्जन सह-निर्माता रहेको फिल्ममा जिवलाल भुसाल, नवीन भुसाल र श्रृषा भुसाल कार्यकारी निर्माता छन्।