संगीतमा राजेशको लुभु बजार

0
Shares

गायक तथा कवि राजेश मान केसीले लुभुको बजार बोलको आफ्नो नयाँ गीत भिडियोसहित दर्शकमाझ ल्याएका छन्। राजेशको स्वर रहेको गीतमा मथुरा श्रेष्ठको शब्द, संगीत तथा एरेञ्ज रहेको छ।

गीतमार्फत एक प्रेमीले आफ्नी प्रेमिकासामु मायामा परेपछिको आफ्नो भावना पोखेका छन्। गीतमाथि बनेको आकर्षक भिडियोमा मोडलहरू प्रकाश तामाङ राज, करुण पुतुवार, राजु श्रेष्ठ तथा सजिना आश्लेको अभिनय र नृत्य रहेको छ। निरेन श्रेष्ठले निर्देशन गरेको भिडियोमा मुकेश हुमागाईंको छायांकन र रोशन धितालको सम्पादन रहेको छ।