सेनाको फिल्म स्पर्धा हुने

0
Shares

नेपाली सेनाले आफूसँग सम्बन्धित गतिविधि तथा नेपाली सेनाको छवि उजागर हुनेगरी २०६७ सालबाट आयोजना गर्दै लघु फिल्म प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिने भएको छ।

सको निरन्तरतास्वरूप लघु फिल्म प्रतियोगिताको ११औँ संस्करण नेपाली सेना लघु फिल्म प्रतियोगिता–२०७९ आयोजना गरिने नेपाली सेनाले जनाएको छ।

इच्छुक व्यक्ति तथा संघ संस्थाले नेपाली सेनासम्बन्धी रचनात्मक तथा नागरिक दृष्टिकोणमा नेपाली सेना र सेनाले गरेका एवं गरिरहेका कार्य झल्किने विषयवस्तुमा आधारित रही प्रतियोगितामा भाग लिन सक्ने सेनाले जनाएको छ। प्रतियोगितामा सहभागी हुन आगामी कात्तिक १४ देखि

१८ गतेसम्म आवेदन दिनुपर्ने सेनाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। त्यसैगरी, कात्तिक २४ गते अन्तक्र्रिया हुने र मंसिर २६ देखि २८ गतेसम्ममा सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डामा स्क्रिप्ट बुझाउनुपर्ने जनाइएको छ ।