२ पुस्ताको प्रेममा महापुरुष


ख्यातिप्राप्त हास्यव्यंग्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको सहभागिता तथा जात्रा सिरिजका निर्देशक प्रदीप भट्टराईको निर्देशनका कारण बहुप्रतिक्षित मानिएको फिल्म महापुरुषको इन्टरनेट ट्रेलर सोमबार सार्वजनिक गरिएको छ।

दशैँमा फिल्म हेर्न हल पुगेका दर्शकलाई लक्षित गर्दै रिलिज गरिएको महापुरुषको हल ट्रेलर ले प्रशंसा पाएपछि सोमबार इन्टरनेट ट्रेलर रिलिज गरिएको हो।जात्रा र जात्रै जात्रा निर्माण गरेको टिमको महापुरुषको पछिल्लो ट्रेलर केन्द्र मोसन पिक्चर्सको युट्युब च्यानलसँगै विभिन्न फेसबुक पेज र अकाउन्टमार्फत इन्टरनेटमा रिलिज गरिएको हो।

सार्वजनिक नयाँ ट्रेलर मा फिल्मको कथासार प्रस्तुत गरिएको छ।ट्रेलर मा दुई फरक पुस्ताको प्रेम देखाइएको छ। महापुरुषबाट फ्याम्ली ड्रमामार्फत समाजमा विद्यमान सोच भत्काउने प्रयास गरिएको फिल्मका लेखक तथा निर्देशक प्रदीपभट्टराईले बताए। ञसमाजको महङ्कवपूर्ण विषय फिल्मी शैलीमा सरल रूपले देखाउने प्रयास गरेका छौँ।

फिल्मलाई अभिभावकको आँखाबाट देखाउने छौँ। यो स-परिवार हेर्न सकिने फिल्म बनेको छु निर्देशक भट्टराईको भनाइ छ। फिल्मको मुख्य अभिनेता हरिवंश आचार्यले दर्शकले अहिले आर्ट र कमर्सियल भ्यालु बोकेको फिल्म पर्खिरहेको र त्यो महापुरुषमा पाइने बताए। अहिले दर्शकले आर्ट र कमर्सियल भ्यालु दुवै भएको फिल्म हेर्न खोज्नुभएको छ। महापुरुष यी दुवैको मिश्रण हो। यो कमर्सियल भ्यालु राखेर आर्टमा अब्बल फिल्म बनेको छु अभिनेता आचार्यले भने। निर्देशक भट्टराईसँग टेलिफिल्म हुँदै शत्रु गतेमा पनि सहकार्य गरेका आचार्यले मह जोडीकै टेलिफिल्मबाट मुख्य सहायक निर्देशक हुँदै निर्देशक बनेका भद्मराई महापुरुषसम्म आइपग्दा अझ परिपक्व भएको बताए। उता जात्रा, शत्रु गते र जात्रै जात्राको सफलताले आफूलगायत टिममा दायित्व थपिएको निर्देशक भट्टराईले बताए।

सामाजिक विषयवस्तँमा आधारित  फ्यामिली डझामाको महापुरुषमा हरिवंशसँगै मदनकृष्ण श्रेष्ठ, रवीन्द्र सिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, समन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्ज्वल लनइटेललगायतले अभिनय गरेका छन् भने यहि फिल्ममार्फत अरूण क्षेत्री र अञ्जना बराइलीले डेब्यु पाएका छन्।

आगामी कात्तिक ११ गते अल नेपाल रिलिज हुने फिल्मले अभिभावकलाई सन्तानप्रति सोच्न बाध्य बनाउने महापुरुषका कार्यकारी निर्माता तथा कलाकार रवीन्द्र सिंह बानियाँले बताए। हामीले पूर्ण परिवारलाई हुने फिल्म बनाएका छौँ। यसमा सन्देश पनि छ। तर, यो पूर्ण मनोरञ्जक छु, उनले भने।
महापुरुषको टिमले आज मंगलबारदेखि दर्शकसँग प्रत्यक्ष रूपमा साक्षात्कार गर्न मोफसल भ्रमणसमेत गर्ने भएको छ।

मोफसल टुरअन्तर्गत आज मंगलबार विर्तामोडस्थित वान स्टप मल, बुधबार इटहरीको जनता प्राविको मैदान र विराटनगरको सेन्टझल मल, बिहीबार हेटौडाको हुप्रचौर, शुक्रबार नारायणगढको नारायणी नदी किनार, शनिबार बुटवलको अमरपथमा रहेको टक्सार कम्प्लेक्स अगाडि र आइतबार पोखराको हलन चोकमा भेटघाट तथा विशेष प्रस्तुतिको कार्यक्रम हुने यसको निर्माण संस्था षट्कोण आर्ट्स प्रालिले जानकारी गराएको छ। पहिलोपटक कवि नवराज पराजुलीलाई गीतकार बनाइएको फिल्ममा दीपक बज्राचार्यले छायांकन र मित्र डी. गुरुङको सम्पादन रहेको छ।