फ्रान्स र क्रोयसियाको जित

0
Shares

काठमाडाैं  ।

युइएफए नेसन्स लिगमाअष्ट्रियालाई २–० ले पराजित गर्दै फ्रान्सले पहिलो जित निकालेको छ । फ्रान्सको जितमा फरवार्डद्धय केलियन एमबाप्पे र ओलिभर जिरुडले गोल गरे । ५६औं मिनेटमा एमबाप्पेले पहिलो गोल गरे । ६५औं मिनेटमा जिरुडले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए ।

जितसँगै फ्रान्स लिग ए ग्रुप १ मा ५ खेलबाट ५ अंक जोडेर तेस्रो स्थानमा छ । पराजित अष्ट्रिया ४ अंक जोडेर पुछारमा छ ।समूहको अर्को खेलमा क्रोएसियाले डेनमार्कलाई २–१ ले पराजित गर्यो ।

क्रोएसियाको जितमा बोरना सोसा र लोभरको माजेरले समान एक एक गोल गरे । डेनमार्कका क्रिस्टियन एरिक्सनले एक गोल फर्काए । जितसँगै क्रोएसिया ५ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा छ । पराजित डेनमार्क ९ अंक जोडेर दोस्रो स्थानमा छ ।