स्कटल्यान्डसँग युक्रेन पराजित


लन्डन  ।

युइएफए नेसन्स लिगमा स्कटल्यान्डले यूक्रेनलाई पराजित गरेको छ ।युक्रेन घरेलु टोली स्कटल्यान्डसाग ३–० गोलअन्तरले पराजित भएको हो । योसंगै जारी प्रतियोगितामा युक्रेनले यो पहिलो हार बेहोरेको छ । हाम्पडेन पार्क ग्लास्गोमा बुधबार राति भएको खेलमा घरेलु टोलीको जितमा लेन्डन डेकेसले दुई तथा जोन म्याक्जिनले एक गोल गरेका थिए । सबै तीन गोल दोस्रो हाफमा भएको थियो ।

प्रतिस्पर्धात्मक खेलको ७०औं मिनेटमा जोन म्याक्जिनले गोल गर्दै घरेलु टोली स्कटल्यान्डलाई १–० को अग्रता दिलाए । ८०औं मिनेटमा लेन्डन डेकरले रायन फ्रासेरको पासमा गोल गर्दै स्कटल्यान्डको अग्रता दोब्बर पारे । ८७औं मिनेटमा लेन्डन डेकरले रायन फ्रासेरकै पासमा गोल गर्दै स्कटल्यान्डलाई ३–० को सहज जित दिलाए ।

यस हारसँगै युक्रेनले नेसन्स लिग ‘बी’ ग्रुप १ मा आफ्नो शीर्षता गुमाएको छ । पहिलो हार बेहोरेको युक्रेन चार खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा झरेको छ । युक्रेनलाई हराएको स्कटल्यान्ड चार खेलबाटै ९ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । आयरल्यान्ड चार तथा अर्मेनिया तीन अंक जोडेर तेस्रो र चौथो स्थानमा रहेको छ ।