स्वास्थ्य केन्द्रलाई ६ रोपनी जग्गा दान


काठमाडौं ।

तेह्रथुम आठराई– २, दोरप निवासी खनाल परिवारले स्थानीय नागरिक आरोग्य सेवा केन्द्रलाई ५ रोपनी १३ आना ३ पैसा २ दाम जग्गा यही भदौ दोस्रो साता दान गरेको छ ।

दोरप स्थायी घर भई हाल कीर्तिपुर, काठमाडौंमा बसोवास गर्दैआएका पुण्यप्रसाद खनालले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार खनाल परिवारका दिवंगत पितृहरुको स्मृतिमा जग्गा दान गरिएको हो ।

‘दोरपमा रहेको नागरिक आरोग्य सेवा केन्द्र स्थानीय नागरिकका लागि स्वास्थ्योपचारमा समर्पित छ, यस्ता संस्थालाई भौतिक रुपले समेत सबल बनाउन सकियो भने सेवा पाउने सम्भावना पनि बढ्छ‘ भन्ने सोचका साथ जग्गा दान गरिएको खनालले बताउनुभयो ।

उहाँका अनुसार सोही ठाउँमा स्थापित जलकन्या मन्दिरको जीर्णाेद्धार गर्न पनि खनाल परिवारले तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग तथा आठराई गाउँपालिकाको समन्वयमा सञ्चालित नागरिक आरोग्य सेवा केन्द्रले ‘राज्यका सबै तहमा स्वास्थ्य सेवाको पूर्वाधार, गुणस्तरीय र जनमुखी स्वास्थ्य सेवा, समृद्धि एवं दिगो विकासको आधार‘ नारालाई साकार बनाउन आफ्नो तर्फबाट भूमिका खेल्ने जनाएको छ ।