गौतम र राई सम्मानित

0
Shares

काठमाडौं ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले नेपाली खेलकुद पत्रकारितामा एनएसजेएफको भूमिका अहम रहेको बताउनुभएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले २७औं स्थापना दिवसको अवसरमा सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्नु हुँदै उहाँले नेपाली खेलकुदलाई गतिशील बनाउन खेलकुद पत्रकारले उल्लेखनीय योगदान गरेको भन्दै प्रंशसा समेत गर्नु भयो ।

खेलकुदको संवाहकको रूपमा रहेको यो मञ्च र नेपाली खेलकुदको सञ्चार गरिदिने महत्वपूर्ण जिम्मेवारी तपाईहरूले निर्वाह गर्दै आइरहनुभएको छ । नेपाली खेलकुदमा रहेका प्रतिभालाई अघि बढाउने कुरामा होस्,खेलकुदलाई गतिशिल बनाउन यहाँहरूले गर्नु भएको योगदानको प्रशंशा गर्न चाहन्छु’, राखेप सदस्य सचिव घिसिङले भन्नुभयो ।

एनएसजेएफ खेल पत्रकारिता पुरस्कारबाट वरिष्ठ पूर्व खेलकुद पत्रकार जयदेव गौतम र सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कारबाट गीता राई सम्मानित हुनुभएको छ ।

सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल पत्रकार महासंघका सचिव पवन आचार्य र मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गर्नु भयो । खेल पत्रकारिता अवार्डस्वरूप गौतमलाई २५ हजार रूपैयाँ प्रदान गरिएको छ । स्व. सुमन भोम्जन युवा खेलकुद पत्रकारिता अवार्डबाट पुरस्कृत राईलाई ल्यापटप प्रदान गरिएको छ ।