बनेपामा समृद्धि फाइनान्सको शाखा उद्घाटन

0
Shares

काभ्रे । 

ब्यापारीक नगरी बनेपामा समृद्धि फाईनान्सले सातौ शाखा शुभारम्भ गरेको छ । यस अघि बनेपामा २ सय २० वटा वित्तिय कारोवार गर्ने सहकारी संस्था संचालनमा थिए । समृद्धिको आठौ शाखा जनकपुरमा साता भित्रै शुभारम्भ हुँदैछ ।

शाखा कार्यालयको उद्घाटन बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले गर्नु भएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख शाक्यले सामाजिक उत्तरदायित्व बहन गर्दै नागरिकहरुको आर्थिक समृद्धिका लागि कार्य गर्न अनुरोध गर्नु भयो । वित्तिय संस्था प्रति थप जिम्मेवार बन्दै नागरिकहरुको विश्वास जित्ने अभियानमा समृद्धि फाईनान्सले ध्यान दिन नगर प्रमुख शाक्यले अनुरोध गर्नु भयो ।

नगरपालिकाले नियमन भन्दा पनि सहजिकरण गर्ने भएकाले नागरिकहरुलाई केन्द्र विन्दु राखेर आर्थिक कारोवारमा ध्यान दिन शाक्यले अनुरोध गर्नु भयो ।समृद्धि फाइनान्सले मुद्घति निक्षेपको योजना अन्तरगत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि संचालनमा ल्याएको छ । कार्यक्रममा समृद्धि साकोसका अध्यक्ष ठाकुर भट्टराईले समृद्धिदाई विकास बैक हुँदै वाणिज्य सम्म पु-याउने लक्ष्य रहेको बताउनु भयो ।

राज्यका तिनवटै निकायका नीति नियम र ऐन कानुन कार्यान्वयन गर्दै राष्ट्र बैकको नियमन रहेर कारोवार गरिरहेको अध्यक्ष भट्टराईले बताउनु भयो । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत टिकानिधि लोहनीले समृद्धिदे प्रदान गरेका सेवा तथा कारोवारका बारेमा जानकारी गराउनु भएको थियो । सदस्यहरुका लागि सुपर, बाल, तलब, साधारण लगायतका शिर्षकमा बचत गर्न सकिने गरी योजनाहरु ल्याएको लोहनीले बताउनु भयो । सातवटै प्रदेशमा शाखा रहने गरी कारोवारलाई अघि बढाईएको बताउँदै उहाँले हरेक योजनाका आफ्नै विशेषता र सुविधा रहेको बताउनुभयो ।

नेपाल राष्ट्र बैंकबाट (ग) वर्गको राष्ट्रिय स्तरको इजाजत प्राप्त गरि छिटो, सरल र सहज तरिकाले विभिन्न बैंकिङ सेवा सुविधाहरु प्रादान गर्दै आईरहेको समृद्धि फाइनान्सले सातौ शाखाको रुपमा बनेपा शाखा कार्यालयको उद्घाटन गरी बनेपा र आसपासका शहरका नागरिकहरुलाई सेवा दिन थालेको बनेपा शाखा प्रमुख प्रल्हाद चौलागाईले बताउनुभयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष कैलाश पलान्चोके, बनेपा नगरपालिका वडा नम्वर ८ का अध्यक्ष शुभलक्ष्मी मानन्धर लगायतले फाईनान्सका बारेमा जानकारी गराउनु भएको थियो ।