‘सबैमा जित्यौं पूर्वाधारमा हा-यौं’



पोखरा । 

२ वर्षअघि, जोर्डनमा तेक्वान्दोको एसियन च्याम्पियनसिप कसले गराउने भन्ने बारेमा बोलि चलेको थियो । नेपालले पनि च्याम्पियनसिप गराउनका लागि बोलि लगायो । पोखरामा अन्तर्राष्ट्रिय स्तरको बहुउदेश्यीय कभर्डहल भएका कारणले नेपाल तेक्वान्दो संघले प्रतियोगिता गराउने प्रस्ताव अघि सा¥यो । नेपालकै एक मात्र ठूलो र व्यवस्थित मानिएको पोखराको बहुउदेश्यीय कभर्डहलकै कारण संघले आँट गरेको थियो ।

नेपालको तर्फबाट नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमशेर राना, महासचिव दिपराज गुरुङ र गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन गुरुङले नेपालको प्रतिनिधित्व गरेका थिए । त्यहाँ खेलाडीको बसाइ, घुमाइ र खुवाइ तथा कभर्डहलको बारेमा कुरा उठ्यो । नेपालले पोखराको बारेमा भन्दै जाँदा खानपिन, खेलाडीको वसाइ, यातायात, पर्यटकीय क्षेत्र, वातावरण सबैमा जित्यो । यतिसम्म कि कभर्डहलको मैदानमा समेत जित्यो । तर, दर्शकको क्षमता कम भएको प्यारापिट हुँदा पोखराले च्याम्पियनसिप गुमाउन पुग्यो ।

महासचिव गुरुङ भन्छन्,‘हामीले सबैमा जित्यौं तर पूर्वाधारमा हा¥यौं ।’ उनले अन्तर्राष्ट्रिय मापदण्डको खेल एरिया मात्रै भएर नहुने बताए । पूर्वाधारकै कारण प्रतियोगिता गराउनबाट चुकेको उनी सुनाउँछन् । पोखरामा अन्तर्राष्ट्रिय मापदण्डको हल भएपनि दर्शक क्षमता कम भएका कारण आफूहरू च्याम्पियनसिप नेपालमा ल्याउन बाट चुक्न बाध्य भएको उनको धारणा छ ।एसियन तेक्वान्दो युनियनले राखेको बोलि लगाउने क्रममा ताइवान र लेवनानले आफूहरूसँग ९ हजार दर्शक क्षमताको प्यारापिट रहेको बताएपछि नेपाल प्रतियोगिता गराउनबाट पछि हट्यो ।

‘नेपालको अन्य स्थानमा होइन् । पोखरामा सम्भव होला किनभने पोखरामा ठूलो हल, बस्ने सुविधा छ भनेर हामीले नेपालको तर्फबाट विडिङ गर्न गयौँ’ उनले भने, ‘ यातायात, हवाइ रुटमा पनि समस्या भएन पर्यटकीय दृष्टिकोणले पनि सबैलाइ जित्यौ । हरेक कुरामा हामीले जित्यौं तर अन्तिममा आयोजना गर्ने स्थल जुन छ त्यो हाम्रो लागि दुर्भाग्य बन्न पुग्यो ।’ त्यसपछि भने नेपालमा पूर्वाधारै नभएको महसुस उनीहरूले गरेको सुनाए ।

नेपाल ठूला प्रतियोगिता आयोजना गर्नसक्ने सामथ्र्यको हुँदाहुँदै पनि त्यो स्तरको खेल स्थल नभएको उनले बताए । २०७१ सालमा शिलान्यास गरिएको करिब साढे ८ रोपनी क्षेत्रफलमा फैलिएको कभर्डहलको ७८ मिटर लम्बाइ र ५० मिटर चौडाइ छ । १४ करोड ३२ लाख ६२ हजार रुपैयाँ लागतमा कभर्डहल निमार्ण भएको हल दुइ हजार २ सय दर्शक क्षमताको हो । कमर्डहल निर्माण गर्न पाँच वर्ष लागेको थियो ।

उक्त हलमा १३ औं दक्षिण एसियाली खेलकुद अन्तरगत ह्यान्डबल भएको थियो । यस्तै एन्फाको आयोजनामा पहिलोपटक राष्ट्रिय ए डिभिजन फुटसल लिग समेत भएको थियो । असोजमा सोही हलमा अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो च्याम्पियनसिप जी–२ हुदैँछ । दक्षिण एसियामै पहिलोपटक हुन लागेको जी–२ च्याम्पियनसिपमा विश्वका विभिन्न राष्ट्रबाट ७ सय ४१ खेलाडीको सहभागिता जनाउने भएका छन । ति बाहेक उनीहरुका प्रशिक्षक, अफिसियलसहित एसियन तेक्वान्दो युनियनका पदाधिकारी, अन्तर्राष्ट्रिय रेफ्रीहरूको समेत सहभागिता रहने छ ।

गण्डकी तेक्वान्दो संघको सह–आयोजना तथा नेपाल तेक्वान्दो संघको आयोजनामा हुन लागेको च्याम्पियनसिपको खेलाडी दर्ता मिति असोज ५ गतेसम्मका लागि थियो । तर, खुल्ला प्रतियोगिता भएकाले विदेशी खेलाडीको उत्साहजनक सहभागिता भएको छ । धेरै खेलाडीले नाम दर्ता गराएपछि आयोजकले नाम दर्ता बन्द गरेको छ । आयोजकले १ हजार ५ सय खेलाडीलाई प्रतियोगितामा सहभागिता गराउन चाहे पनि एक मात्र एरिना हुँदा समस्या आएको हो । विदेशबाट आउने खेलाडीलाई खेल स्थलमा कसरी व्यवस्थापन गर्ने भन्ने विषय यतिबेला टाउको दुःखाइको विषय बनेको छ ।

गुरुङले विदेशी खेलाडीलाई कहाँ राख्ने भन्ने विषयले समस्या पारेको बताए । ‘लाज लागेको छ सिमेन्टमा बसेर विदेशी खेलाडीले प्रतियोगितामा भाग लिने । कहीँ पनि छैन । राज्यले गर्ने खेलकुदको विकासप्रति दुःख लागेको छ’ उनले भने ।
अध्यक्ष जगत गुरुङले खेलाडीलाइ कहाँ राख्ने भन्ने विषय मुख्य विषय रहेको सुनाए । उनले आफूहरूले दक्षिण एसियामै पहिलोपटक जी–२ को च्याम्पियनसिप गर्न लागेका कारण खेलाडीको उत्साहजनक उपस्थिति रहेको बताए । कभर्डहल ठूला भएकाले एकैपटक पाँच खेल खेलाउने योजना बनाए पनि एकपटकमा ३ खेल मात्रै खेलाउनुपर्ने अवस्था आएको सुनाए ।

‘हाम्रो चाहनाअनुसार खेलाउन एरिना अपुग हुने भयो । हामीले ३ खेलमात्रै एकैपटक खेलाउन पर्ने भयो जसका कारण खेलाडीको नाम दर्ता रोक्न बाध्य भयौँ’ उनले भने । प्रतियोगिता खेलमात्रै नभई समग्र पोखराको आर्थिक र पर्यटन क्षेत्रसँग जोडिएको उनले सुनाए । ‘यहाँ आउने विदेशी खेलाडीले आउने, जाने, खाने, बस्ने सबै आफैले व्यहोर्ने छ । यो अन्तराष्ट्रिय रेन्किङको खेल भएकाले धेरै विदेशी खेलाडी आफ्नै खर्चमा यहाँ आउनेछन् ।’ च्याम्पियनसिप अन्तरगत असोज ६ गते पुम्से, ७ गते जुनियर क्योरुगी र ८ र ९ गते सिनियर क्योरुगी जी–२ को प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका लागि खेलाडी, अफिसियल तथा रेफ्री गरी १ हजार ५ सय बढी विदेशी पोखरा आउनेछन् ।

प्रतिक्रिया दिनुहोस्