ऐना झ्यालको पुतलीलाई प्रशंसाको ओइरो



पर्सी शुक्रवार रिलीजमा आउने फिल्म ऐना झ्यालको पुतलीले प्रशंषा पाएको छ । सोमबार राजधानीमा भएको प्रिमियरका सहभागीले फिल्म हाप्mनै कथा हेरिरहे जस्तो महसुस भएको बताएका छन् ।

फिल्मको कथा, निर्देशन र कलाकारको प्रशंसा गरेका फिल्मकर्मी तथा साहित्यकारले फिल्मले आफूहरूकै बालापन दुरुस्त उतारेको प्रतिक्रिया दिए ।

स्तम्भकार तथा इतिहासकार सुजित मैनालीले यति धेरै मिहिनेतका साथ बनाएको यति राम्रो अर्को कुनै फिल्मको सम्झनै नआएको सुनाए भने नाटक निर्देशक विमल सुवेदीले ऐना भ्mयालको पुतली सदैव आप्mनो जीवनकालमै हेरेको उत्कृष्ट नेपाली फिल्मको सूचीमा रहने बताए ।

गायिका आनी छोइब डोल्माले फिल्म सुन्दर बनेको जनाउँदै यो फिल्म नेपालभरिका स्कुलमा देखाउन आग्रह गरिन् । मैले आजसम्म हेरेका नेपाली फिल्ममध्ये सबैभन्दा सुन्दर लाग्यो। यो फिल्म सबै स्कुलले आप्mना विद्यार्थीलाई देखाउनु पर्छ । यो फिल्म हाम्रो सामाजिक इतिहासको दस्तावेज हो, आनीले भनिन् । दोस्रो पटक फिल्म हेर्न पुगेका एमाले नेता रघुजी पन्तले ऐना झ्यालको पुतली नेपाली फिल्म कस्तो हुनुपर्छ भन्ने प्रश्नको जवाफ भएको बताए ।

यो नेपाली टेस्टको अर्गानिक कथा हो। यो राम्रा सिनेमाको कोटीमा पर्छ । नेपाली सिनेमा कस्तो हुनुपर्छ भन्ने प्रश्नको जवाफ खोजिरहेका हामी सबैका लागि जवाफ हो, पन्तको भनाई थियो । साहित्यकार नयनराज पाण्डेले फिल्मलाई ५ मा ५ रेटिब दिँदै फिल्म हेर्दा आफूलाई डेढ घन्टा मौन साधना गरेको महसुस भएको बताए ।

कथा भन्ने शैली यति सहज त यसअघि मैले नेपाली सिनेमामा विरलै देखेको थिएँ । सायद देखेकै थिइन । यो सिनेमाले पीडाभन्दा पनि तपाईं हाम्रो दिमागमा प्रश्न उमार्दोरहेछ । सुन्दर सुइटरझैं बुनिएको पटकथा र बुलन्द निर्देशनले यो सिनेमालाई भव्य उचाइ दिएको छ । यो नेपाली सिनेमाको ठूलो प्राप्ति हो । पाण्डेको भनाई थियो ।

निर्देशक दीपेन्द्र लामाले मुकुण्डो र नुमाफुबपछि ऐना झ्यालको पुतली सन्तुष्टि दिने फिल्म रहेको बताए । दीपक राज गिरी, दीपाश्री निरौला, केकी अधिकारी, प्रकाश सपुतलगायतले पनि फिल्ममा आफूलाई नै पाएको जनाउँदै ऐना झ्यालको पुतली उत्कृष्ट फिल्म बनेको प्रतिक्रिया दिए ।

सुजित बिडारीको लेखन तथा निर्देशन रहेको फिल्म आकाश पौडेल, प्रविन स्याब्बो, रामकृष्ण पोखरेल र सुजित बिडारी मिलेर
निर्माण गरेका हुन् । संखुवासभामा त्यहीँकै स्थानीय कलाकारलाई लिएर बनाइएको फिल्मले उच्च शिक्षा लिन चाहाने किशोरी सपनालाई शिशाको झ्यालमा अड्किएको पुतलीको विम्बका रुपमा सदृश्य वर्णन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्