घोडाघोडी बहुमुखी क्याम्पसमा विद्यार्थी सङ्गठनले गरे तालाबन्दी



कैलाली ।

कैलाली घोडाघोडी नगरपालिकास्थित घोडाघोडी बहुमुखी क्याम्पसमा आउन जान समस्या भएकाले तत्काल नयाँ बस सेवा सञ्चालनको माग गर्दै नेकपा माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी), नेकपा एमाले निकट अनेरास्ववियु (अखिल) र एकीकृत समाजवादी निकट अनेरास्ववियू गरि तीन विद्यार्थी संगठनले संयुक्त रुपमा क्याम्पसमा ताला लगाएका छन् ।

क्याम्पसमा हाल तिन ओटा बस सञ्लनमा छन् । बस सञ्लनमा आएता पनि धेरै टाढा टाढाबाट आउने विद्यार्थीलाई उभिएर आउनु पर्ने, कलेजमा विद्यार्थी संख्या बढी भएकाले बसमा सिट नपाउने देखि विद्यार्थीलाई कोचाकोच गरि ल्याउँदा निकै असहज भएको विद्यार्थीहरू बताउँछन् ।

अनेरास्ववियुका इकाई संयोजक गणेश बोहराका अनुसार हामीले पटक पटक क्याम्सपस प्रसासनमा यस विषय उठाउँदा पनि सुनवाई नभए पछि हामीले ताला लगाउन बाध्य भएका हौं । विद्यार्थीका माग पुरा नभएसम्म क्याम्पसमा अनिस्चितकालिन ताला बन्दि कायमै रहनेछ ।

प्रतिक्रिया दिनुहोस्